२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

चीनमा सर्वाधिक बिक्री हुने दोस्रो गाडी बन्यो लिपमोटर बि०३एक्स

Nada
२०८३ भदौ २५ गते १४:१०
Shares
चीनमा सर्वाधिक बिक्री हुने दोस्रो गाडी बन्यो लिपमोटर बि०३एक्स

काठमाडौं : चिनियाँ अटोमोबाइल ब्रान्ड लिपमोटरको नयाँ 'बि०३एक्स' (चिनियाँ बजारमा ए१० नामले परिचित) चीनमा सर्वाधिक बिक्री हुने दोस्रो सवारी साधन बन्न सफल भएको छ । यस मोडलले अगस्ट महिनामा मात्रै ३०,६५२ युनिट बिक्री गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

ncell

गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको बि०३एक्स ले बिक्री सुरु भएको १३५ दिनमै (अगस्ट ७, २०२६ मा) १ लाख युनिट बिक्रीको कोसेढुंगा पार गरेको छ । लिपमोटरको इतिहासमै सबैभन्दा छिटो १ लाख युनिट बिक्री हुने मोडल बनेर यसले अटोमोबाइल उद्योगमा नयाँ फड्को मारेको छ । यसै मोडलको उच्च मागका कारण लिपमोटर लगातार दुई महिना (जुलाई र अगस्ट) सम्म एकै महिनामा १ लाखभन्दा बढी सवारी साधन डेलिभरी गर्ने पहिलो नयाँ चिनियाँ इभी स्टार्टअप बनेको छ ।

लिपमोटर बि०३एक्सको यो तीव्र सफलताको मुख्य कारण सुलभ इभी सेग्मेन्टमा लक्जरी स्तरको प्रविधि र प्रिमियम सुविधाहरूको संयोजन हुनु हो ।

उत्कृष्ट कार्यक्षमताका लागि यसमा सेग्मेन्टमै अग्रणी १४५ किलोवाटको मोटर, ५५ केडब्लुएचको ब्याट्री र ५०५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ । यसमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन मात्र १६ मिनेट लाग्छ । गाडीको ककपिटमा 'क्वालकम स्न्यापड्रागन ८२९५' चिपसहितको डुअल हाई-पर्फोमेन्स प्रोसेसिङ पावर प्रयोग गरिएको छ । यसमा ५१० लिटरको ट्रंक (बुट स्पेस) रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १,६०५ लिटरसम्म बढाउन सकिन्छ ।

मासेराती, अल्फा रोमियो र प्युजो जस्ता १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरूको माउ समूह 'स्टेलान्टिस'को विश्वव्यापी साथ पाएको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यु इनर्जी भेहिकल ब्रान्ड हो ।

लिपमोटरले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ । साथै, विश्वका ४५ भन्दा बढी देशहरूमा रहेका २,००० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई विश्वस्त सेवा प्रदान गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर