२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

बाढीपीडितका लागि पोर्चुगलबाट राजकुमार गौतमले गरे ५ लाख सहयोग

Nada
भरत प्रधान
२०८३ भदौ २५ गते १७:४२
Shares
बाढीपीडितका लागि पोर्चुगलबाट राजकुमार गौतमले गरे ५ लाख सहयोग

लिस्बन : भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पोर्चुगलबाट होटेल व्यवसायी राजकुमार गौतमले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

ncell

गौतमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई हजार आठ सय ७९ युरो अर्थात् ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गौतमले बताए ।

भोटेकोशी बाढीले निम्त्याएको अकल्पनीय विनाश र मानवीय क्षतिले आफूहरूलाई समेत असह्य पीडा दिएको उल्लेख गर्दै गौतमले विपत्तिमा परेका नागरिकको दुःखमा थोरै भए पनि मल्हम लगाउन सकियोस् भन्ने भावनाले आफ्नो परिवार तथा होटलको तर्फबाट सहयोग गरिएको बताए ।

काठमाडौं कोटेश्वरका गौतम विगत दुई दशकदेखि सपरिवार पोर्चुगलमा बस्दै आएका छन् । उनले पोर्चुगलमा होटेल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित खबर