२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

इनड्राइभद्वारा साढे ७ करोड सहयोग

Nada
२०८३ भदौ २६ गते २१:०२
Shares
इनड्राइभद्वारा साढे ७ करोड सहयोग

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ ।

उक्त सहयोग रकम सेप्टेम्बर ९, २०२६ मा इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्‍याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्यांकेट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको  कम्पनीले जनाएको छ । 

इनड्राइभका फाउन्डर तथा सिइओ आर्सेन टोम्स्कीले भने, ‘नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको छ । आफ्ना प्रियजन, घर वा जीविकोपार्जनको आधार गुमाएका सबैप्रति हामी गहिरो संवेदना व्यक्त गर्दछौं । नेपाल–इनड्राइभ समुदायको महत्त्वपूर्ण हिस्सा हो र यस्तो कठिन समयमा हामी नेपाली जनताको साथमा उभिन चाहन्छौं । हाम्रो यो सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्‍याउन तथा प्रभावित समुदायको पुनस्र्थापना र पुनर्निर्माणका प्रयासमा केही योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’ 
 

ताजा खबर

सम्बन्धित खबर