२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

सिटिजन्स बैंकले गर्‍यो मधेश केन्द्रित ‘ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप’

Nada
२०८३ भदौ २६ गते २१:०४
Shares
सिटिजन्स बैंकले गर्‍यो मधेश केन्द्रित ‘ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप’

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य  कर्मचारीमाझ ‘ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम आयोजना गरेको छ ।

सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा  थियो । कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमो अन्तरक्रिया भएकोे बैंकले जनाएको छ । 

मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यस अघि नै बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम  गरेको थियो ।  त्यसैको निरन्तरता स्वरूप मधेश प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरm प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिनेछ । 

बैंकको गत आर्थिक वर्ष २०८२/२०८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई  १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि २ खर्ब ३३ अर्ब ८१ करोड रुपैया पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर रु. २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको  बैकले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर