२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सन्धिखर्क नगरपालिका पारदर्शितामा पहिलो हो : नगरप्रमुख श्रेष्ठ

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ३१ गते २१:५५
सन्धिखर्क नगरपालिका पारदर्शितामा पहिलो हो : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क  नगरपालिका अर्घाखाँचीको २०८०/०८१  मा भएका योजनाहरुको  अन्तिम तेस्रो  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरस्थित विषयगत शाखाका प्रमुखहरु तथा १२ वटै वडा अध्यक्षहरुले वार्षिक रूपमा सञ्चालन भएका योजना आयोजना, कार्यक्रम तथा भौतिक र आर्थिक प्रगति प्रस्तुत गर्दै समग्र नगरपालिकाको विकासबारे वडा तहको संरचना बारे जानकारी गराएका थिए ।

नगरपालिकाको भौतिक प्रगति ९९.५ प्रतिशत र आर्थिक प्रगति ९४.५८ प्रतिशत भएको योजना शाखाका प्रमुख दिलिप केसीले जानकारी दिए भने नगरपालिकाभित्र ५३३ वटा योजना रहेकोमा ५३३ योजना सम्झौता भए अनुसार काम सम्पन्न भएका छन् ।

१३ वटा योजना नगरपालिकाभित्र बहुवर्षीय रहेकोमा ४ वटा योजना गौरवका योजनाहरु रहेकोमा यस वर्ष  चिस्यान केन्द्र केही वडा कार्यालयहरुको काम सम्पन्न गर्ने योजना शाखा प्रमुख दिलिप केसीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले  जनताले  प्रत्यक्ष अनुभूति गर्ने गरी र सबैले जनताले  देख्ने  गरी विकास निमाणका कामलाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने बताए । नगरको दिगो विकास र समृद्धिका लागि कृषि र पर्यटन शिक्षा स्वास्थ्यलाई केन्द्र भागमा राखेर काम गर्ने भन्दै प्रमुख श्रेष्ठले  सबै सरोकारवाला पक्ष एक भएर लाग्नुपर्ने बताए ।

नगरप्रमुख श्रेष्ठले जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्ने भन्दै सबै पक्ष तथा जनताको सहभागिताबाटै सबै काम अगाडि बढाउने बताए । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा  उठेका प्रश्नहरुको  जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले सबै सरोकारवालाहरूले सहयोग गरेमात्र नगरपालिकाले विकासलाई तिव्रता दिनसक्ने बताउँदै अहिले जनतामा काम गर्ने इच्छाशक्ति नै कम भएको आफुले महसुस गरेको बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति बाबुराम भुसाल, नेकपा एमालेका नेता केवि भुसाल, नेकपा माओवादीका नगर अध्यक्ष कृष्णहरि भुसाल, राष्ट्रिय जनमोर्चाका नेता गोविन्द विसी लगायतका नेताहरुले नगरपालिकालाई राम्रो काम गर्न सुझाव दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise