२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

बाढीपीडितलाई योगमाता काइको आइकावाजी, महायोग फाउन्डेसन र पाइलोट बाबा आश्रमको सहयोग

Nada
२०८३ भदौ २७ गते २०:३०
Shares
बाढीपीडितलाई योगमाता काइको आइकावाजी, महायोग फाउन्डेसन र पाइलोट बाबा आश्रमको सहयोग

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि योगमाता काइको आइकावाजी, महायोग फाउन्डेसन र पाइलोट बाबा आश्रमले राहत सहयोग गरेका छन् । 

बाढीबाट सिर्जित विनाशकारी परिस्थितिमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत उपलब्ध गराइएको जनाइएको छ । राहतले आफ्ना प्रियजन, घर, सम्पत्ति लगायत गुमाएर शोकमा रहेका बाढीपीडितलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सहयोगकर्ताले नेपालमा विगतमा भएका महाविपत्तिका समयमा पनि योगमाता काइको आइकावाजी, महायोग फाउन्डेसन र पाइलोट बाबा आश्रमले सहयोग गर्दै आएको स्मरण गरेका छन् । भूकम्प, जुरे पहिरो, मेलम्ची बाढी तथा कोशी बाढीजस्ता विपत्तिमा गरिएको सहयोगलाई पनि उनीहरूले स्मरण गरेका छन् । 

राहत वितरणको अभियानमा जोडिन इच्छुक शुभेच्छुक, मित्र तथा सहयोगीलाई आफूले सकेको सहयोग, चन्दा तथा दान प्रदान गर्नसमेत आग्रह गरिएको छ । मानवताको कठिन घडीमा गरिएको सानो सहयोगले पनि प्रभावित व्यक्तिको जीवनमा ठुलो प्रभाव पार्न सक्ने बताइएको छ ।

योगमाता काइको आइकावाजीको आशीर्वाद तथा स्वर्गीय गुरु पाइलोट बाबाको आत्मिक आशीर्वादसहित सहयोग अत्यावश्यक अवस्थामा रहेका मानिससम्म पुगेको विश्वास व्यक्त गरिएको छ ।

नेपाल पुनःमजबुत भएर उठ्ने आशा व्यक्त गर्दै सहयोगी संस्थाहरूले प्रभावित परिवारप्रति माया, ममता र प्रार्थनासहित एकताबद्ध भएर सहयोग जारी राख्न आह्वान गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर