२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

प्रभु बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

Nada
२०८३ भदौ ३० गते २०:५८
Shares
प्रभु बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

काठमाडौं : देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरूलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैकले सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ ।

सातै प्रदेशमा रहेका बैंकका शाखा कार्यालय, बागमती प्रदेशमा केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा, लुम्बिनी प्रदेशमा बुटबल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशमा धनगढी शाखा गरी एकै समयमा केन्द्रीय कार्यालयसहित बैकका ८ वटा शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीबाट ३२१ पिन्ट रगत संकलन भएको छ । 

यसअघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन भएका परिवारलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो ।

त्यसैगरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्यागसमेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर