२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

घरजग्गा प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने

Nada
२०८३ भदौ ३१ गते २०:५५
Shares
घरजग्गा प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’  आज सुरु हुँदै छ । आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा १ सयभन्दा धेरै स्टल हुनेछन् ।

ncell

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना हुन लागेको प्रदर्शनीको उद्घाटन सभामुख डिपी अर्यालले गर्ने आयोजकले जानकारी दिए ।

प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायत क्षेत्रका कम्पनी तथा व्यवसायी सहभागिता रहने प्रदर्शनी संयोजक रोशन भोयद्योले जानकारी दिए । 

त्यसैगरी बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, अस्पताल तथा स्वास्थ्य सेवा, इन्जिनियरिङ तथा वास्तुकला परामर्श, घरजग्गा विकासकर्ता र निर्माण व्यवसायसँग सम्बन्धित संस्थाको समेत सहभागिता रहनेछ । नेपालसँगै भारतबाट समेत विभिन्न कम्पनी तथा व्यवसायी प्रदर्शनीमा सहभागी हुनेछ ।

प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र केन्द्रित नगरी सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी तथा परामर्श दिने थलोका रूपमा विकास गर्ने तयारी गरिएको छ । भूकम्पप्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञहरूले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिनेछन् ।

प्रदर्शनीको अर्को मुख्य आकर्षणका रूपमा समसामयिक आवास तथा पूर्वाधारका विषयमा प्यानल छलफल आयोजना गरिने भएको छ । प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ । चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा घर तथा जग्गासम्बन्धी जानकारीसँगै निर्माण सामग्री, प्रविधि, सुरक्षित आवास, वातावरणमैत्री निर्माण र व्यवस्थित बस्ती विकासका विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर