२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिटिजन्स बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने

Nada
२०८३ भदौ ३१ गते २०:५६
Shares
सिटिजन्स बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

ncell

समितिको बैठकले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १५ हजार लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर