२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मेटलाइफ नेपालका महाप्रबन्धक श्रेष्ठलाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

Nada
२०८३ भदौ ३१ गते २०:५७
Shares
मेटलाइफ नेपालका महाप्रबन्धक श्रेष्ठलाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

काठमाडौं : मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ अन्तर्गत ‘जीवन बिमा तथा वित्तीय सेवाको क्षेत्रमा उत्कृष्ट नेतृत्व’बाट सम्मानित भएका छन् । यस सम्मानले स्थानीय प्रतिभा तथा नेतृत्वको विकासप्रति मेटलाइफ नेपालको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ ।

ncell

साथै, बिमा क्षेत्रको व्यावसायिक विकासमा योगदान पु¥याउँदै देशभरका ग्राहकलाई अर्थपूर्ण सुरक्षा तथा वित्तीय सुरक्षाका समाधान उपलब्ध गराउन व्यवस्थापनले गर्दै आएको निरन्तर प्रयासलाई पनि यस सम्मानले कदर गरेको कम्पनीको भनाइ छ । सन् २०१७ मा श्रेष्ठ मेटलाइफ नेपालको नेतृत्व गर्ने पहिलो नेपाली नागरिक बनेका थिए । उनले स्थानीय नेतृत्व प्रतिभाको विकास, ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने तथा निरन्तर सिकाइ, विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विभिन्न पहलको नेतृत्व गर्दै आएका छन् । 

उनको नेतृत्वमा मेटलाइफ नेपालले ग्राहककेन्द्रित समाधान, डिजिटल नवप्रवर्तन, सञ्चालन उत्कृष्टता तथा कर्मचारी विकासमा आफ्नो ध्यान निरन्तर सुदृढ गर्दै आएको कम्पनीले जनाएको छ । साथै, नेपालमा बिमा क्षेत्रको व्यावसायिक मापदण्डलाई थप बलियो बनाउन पनि कम्पनीले निरन्तर काम गर्दै आएका छन् । 

सम्मान प्राप्त गरेपछि श्रेष्ठले यो अवार्डबाट आफू अत्यन्त सम्मानित महसुस गरेको बताए । उनले ग्राहकलाई अझ सुरक्षित र आत्मविश्वास पूर्ण भविष्य निर्माण गर्न सहयोग पु¥याउने उद्देश्यमा योगदान गर्ने कर्मचारी, अभिकर्ता, साझेदार तथा सम्पूर्ण सरोकारवालासँग यो सम्मान साझा गर्न चाहेको बताए । श्रेष्ठले मेटलाइफ नेपालमा मानिसमा लगानी गर्दै बिमा क्षेत्रको व्यावसायिक मापदण्डलाई थप उकास्न तथा ग्राहक र समुदायका लागि दीर्घकालीन मूल्य सिर्जना गर्न कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर