२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हिमालय एयरलाइन्सका कर्मचारीहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख सहयोग

Nada
२०८३ असोज १ गते १६:४९
Shares
हिमालय एयरलाइन्सका कर्मचारीहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरू राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्समा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा १३ लाख २० हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन् । 

ncell

हिमालय एयरलाइन्सका कर्मचारीले १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँ रकम संकलन गरेका छन्  । सो रकममध्ये १० प्रतिशत रकम विपद्‍बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराए  भने बाँकी रकम बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । 

राष्ट्रिय विपद्को यस कठिन घडीमा बाढी प्रभावित नेपाली नागरिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै हिमालय एयरलाइन्सका विभिन्न विभागमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा आ–आफ्नो तर्फबाट योगदान संकलन गरी उक्त रकम प्रदान गरेका हुन् ।  

आर्थिक सहयोगका साथसाथै हिमालय एयरलाइन्सका कर्मचारीहरू एकजुट भई लुगाफाटा संकलन गरी काठमाडौं स्कुल अफ लमा प्रदान गरेका छन, जसले विपद्बाट प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराउने प्रयासमा टेवा पुर्‍याउनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्सका कर्मचारीहरूले प्रदान गरेको १३ लाख २० हजार ६६६ रकमको चेक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेललाइ हस्तान्तरण गरे । 

गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली करिडोर आसपासका विभिन्न बस्तीहरूमा व्यापक जनधनको क्षति हुनुका साथै कैयौँ नागरिकहरू विस्थापित भएका छन् र घर, सडक, पुल तथा अन्य महत्वपूर्ण भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ । यस विपद्‍बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्सका कर्मचारीहरूले आफ्नो तर्फबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रूपमा जम्मा गरेका छन् ।

हिमालय एयरलाइन्सले विपद्का समयमा प्रभावित समुदाय तथा राष्ट्रसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहायता र सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ । हिमालय एयरलाइन्स परिवार बाढी तथा यस विपद्बाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति हार्दिक समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित परिवारहरूको शीघ्र उद्धार, राहत तथा पुनस्र्थापनाको प्रयास प्रभावकारी रहने अपेक्षा राख्दछ ।

ताजा खबर

सम्बन्धित खबर