
काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहा, बर्दिया, सुनसरी र मोरङका चारवटा सामुदायिक विद्यालयलाई डिजिटल शैक्षिक सामग्री उपलब्ध गराएको छ । विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज, सरल र प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले ल्यापटप, डेस्कटप कम्प्युटर तथा प्रोजेक्टरहरू हस्तान्तरण गरेको हो ।
धनगढीमाई नगरपालिका-९, चैनपुरस्थित ६७२ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री महावीर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा लहान सर्कल हेड लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले प्रधानाध्यापक राम कुमार ठाकुरलाई १ थान डेस्कटप कम्प्युटर र १ थान प्रोजेक्टर संयुक्त रूपमा हस्तान्तरण गरे ।
ठाकुरबाबा नगरपालिका-२, कर्मलास्थित २९३ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई मगरगढी शाखा प्रमुख महेन्द्र बहादुर शाहीले प्रधानाध्यापक कलम बहादुर शाहीलाई १ थान ल्यापटप र २ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे ।
इटहरी उप-महानगरपालिका-१९, हब्दीस्थित १६९ भन्दा बढी विद्यार्थी अध्ययनरतश्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालयलाई इटहरी सर्कल हेड विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले प्रधानाध्यापक गोपीकृष्ण दङ्गाललाई २ थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे ।
सुनवर्षी नगरपालिका-२, अमरदहस्थित ११५७ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री वीरेन्द्र सार्वजनिक विद्यालयमा दमक सर्कल हेड भुपेन्द्र पौडेलले प्रधानाध्यापक धन बहादुर बस्नेतलाई २ थान ल्यापटप र २ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकृत) जयन्द्र बहादुर रावलका अनुसार बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता हुनुका साथै विद्यालयहरूमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।