२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर प्रस्ताव, करका लागि नगद लाभांश

Nada
२०८३ असोज १ गते १९:४३
Shares
विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर प्रस्ताव, करका लागि नगद लाभांश

काठमाडौं : विकास हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा उक्त बोनससहित कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

ncell

कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण प्रस्ताव पारित गरेको जनाएको छ । प्रस्तावित लाभांशमध्ये मुख्य हिस्सा बोनस सेयर रहनेछ भने त्यसमा लाग्ने कर तिर्न नगद लाभांश उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ ।

हाल यो प्रस्ताव अन्तिम भने भइसकेको छैन । लाभांश वितरण अघि विद्युत नियमन आयोगको स्वीकृति आवश्यक पर्नेछ । आयोगबाट अनुमति प्राप्त भएपछि कम्पनीले आगामी साधारणसभामा प्रस्ताव पेस गर्नेछ ।

साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । १० प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजीमा वृद्धि हुने र त्यसले भविष्यमा पुँजी संरचनामा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कम्पनीले लाभांश वितरण र साधारणसभासम्बन्धी थप विवरण नियामकीय प्रक्रिया पूरा भएपछि सार्वजनिक गर्ने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर