
काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।