२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मंगलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक

Nada
२०८३ असोज २ गते २१:०५
Shares
मंगलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक

काठमाडौं : सूर्य नेपालको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्सले नेपालमा मंगलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ । यस नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध अब्सलूट, रोयल र इन्टेन्सिटी एउटै प्याकमा समावेश गरिएको छ।परम्परागत सुगन्धसँग आधुनिक अनुभवलाई जोड्दै मंगलदीप सेन्ट ३ इन १ लाई नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखी बजारमा ल्याइएको हो । 

ncell

चार कोलरहित तथा लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता हुन् ।  एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मूड वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन् । 

‘मंगलदीप सेन्ट ३ इन १ ले नेपाली उपभोक्ता समक्ष नवीन र सोच–विचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ । परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई स्वस्थकर तर थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौं ।  सेन्ट ३ इन १ लाई सार्वजनीकरण गरि नेपाली उपभोक्तालाई बुझ्दै र उनीहरूको बदलिँदो आवश्यकता अनुसार अघि बढ्दै जाने हाम्रो निरन्तर लगानीलाई पुनः पुष्टि गर्दछ,’ सूर्य नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, गौरव तायलले भने । 

मंगलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि विश्वसनीय नामका रूपमा स्थापित रहँदै आएको छ । सेन्ट ३ इन १ मार्फत ब्रान्डले परम्परा र आधुनिक सुगन्ध अनुभवलाई एकै ठाउँमा ल्याउँदै आफ्नो उत्पादन पोर्टफोलियोलाई थप विस्तार गरेको छ । मंगलदीपको पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरलगायत विभिन्न लोकप्रिय सुगन्धहरू रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर