२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालको वार्षिक समीक्षा : भौतिक ९९.४८ र वित्तीय ८८.०८ प्रतिशत प्रगति

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ साउन ३२ गते २०:४६
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालको वार्षिक समीक्षा : भौतिक ९९.४८ र वित्तीय ८८.०८ प्रतिशत प्रगति

सन्धिखर्क : जलस्रोत सिँचाइ डिभिजन कार्यालय अर्घाखाँचीले  आर्थिक वर्ष २०८०/२०८१ मा ९९.४८ भौतिक प्रगति प्रतिशत र ८८.०८ प्रतिशत वित्तीय प्रगति भएको छ । 

जलस्रोत सिँचाइ डिभिजन कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा डिभिजन प्रमुख भेषराज भुसालले डिभिजन अन्तर्गत १०३ वटा योजना रहेकोमा ९४ वटा योजना सम्पन्न भएको र ५ वटा योजना बहुवर्षीय रहेकोले यस वर्ष सम्पन्न हुने बताए । 

भुसालले सञ्चित कोषमा रकम नभएको प्रदेश सरकारबाट जानकारी प्राप्त भएपछि निर्माण कार्य सम्पन्न भएका ९ वटा योजनाको १ करोड ४७ लाख १७ हजार रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताए । 

सिँचाइ डिभिजनमा यस वर्ष १९ करोड ९१ लाख रुपैयाँ बजेट पूर्ण रुपमा कार्यान्वयन भएको छ भने आर्थिक वर्ष २०८०/०८१ मा जलस्रोत सिँचाइ डिभिजन कार्यालय अर्घाखाँचीले ८ वटा बाँध निर्माण, १९.६२ किलोमिटर पक्की कुल्हो निर्माण, ३ वटा पोखरी निर्माण, १५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुधार मर्मत, १७१ हेक्टर सिँचाइ सुध्रिढीकरण, २.३८ किलोमिटर तटबन्धन, जिल्ला भरमा ४८ घरमा जालि भर्ने काम, १६५ हेक्टर जमिन सुरक्षित सिँचाइ योजना जस्ता महत्वपूर्ण काम सम्पन्न भएको भुसाले जानकारी दिए । 

डिभिजन कार्यालयले अर्घाखाँचीले दुईजना व्यवसायीहरुलाई सम्मान गरेको छ । लुम्बिनी निर्माण सेवाका सञ्चालक अर्घाखाँचीका वरिष्ठ निर्माण व्यवसायी नारायण पौडेलसहितका व्यवसायीहरु सम्मानित भएका हुन् ।

पौडेलले कार्यालयसँग गरेको सम्झौता भन्दा पहिला नै गुणस्तरीय काम सम्पन्न गरेको भन्दै कार्यालयले सम्मान गरेको लेखा अधिकृत  शिवहरि खनालले बताए । डिभिजन कार्यालय मातहतमा रहेको शितगंगा नगरपालिका वडा नं ४ मा रहेको दमै ढुंगा सिँचाइ योजना सम्पन्न गर्ने प्युठानका निर्माण व्यवसायीलाई सम्मान गरेको हो ।

कार्यक्रममा कार्यालयद्वारा सञ्चालित तथा सम्पादितहरु   विगत ६ वर्षदेखिका उपलब्धीबारे कार्यालयको प्रोफाइल नामक पुस्तक समेत प्रकाशित गरी सरोकारवालाहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख कोईरालाले विकासका कामबारे संघीयता पूर्वको अवस्था र संघीयता आएपछिको अवस्थाबारे रिर्पोट बनाइ छलफल गर्नुेपर्ने  बताए । सिँचाइसँग सरोकार राख्ने कषि कार्यालयहरुले समन्वय गरी उपलब्धी र अवस्थाबारे प्रतिवेदन बनाउनुपर्ने अवस्था छर्लङ्ग सबैले जान्ने र बुझ्ने गरी जिल्लाको समीक्षामा प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरे । समीक्षा कार्यक्रममा सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिहरुको तर्फबाट शितगंगा नगरपालिका नगरप्रमुख छविलाल पौडेल, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री,नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव हृदय कुमार भुसालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise