२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सन्धिखर्क नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ३२ गते २१:२४
सन्धिखर्क नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आर्थिक वर्ष ०८०/०८१ मा सम्पादन गरेका विभिन्न कार्यक्रम, योजना तथा सेवा प्रवाहको लगायत नगरपालिका गतिविधि जानकारी दिन वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । 

नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यको  अध्यक्षता, नगरप्रमुख कृष्णप्रसाद  श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले  कार्यक्रमको उद्देश्य बारे जानकारी  दिँदै नगरपालिकाबाट सम्पादन भएका मुख्य उपलब्धी विकास निर्माण, आगामी योजनाहरूको बारेमा जानकारी दिएका थिए । 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य,   वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नगरसभाका सदस्य शाखा प्रमुखहरू, वडा सचिव, स्वास्थ्य संस्थाका प्रमुख, कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारी, पत्रकार समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुखहरूले आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरूको बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य रोजगारी, भौतिक पूर्वाधार, पर्यटन पूर्वाधार  सन्धिखर्क नगर कृषि परियोजना जस्ता महत्वपूर्ण कार्यक्रमहरुले सन्धिखर्क नगरपालिका देशकै प्रथम  हुँदै नगरपालिकामा अब्बल बन्न पुगेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । भुसालले  आगामी दिनमा नगरपालिकाले नयाँ थप कार्यक्रमहरु पनि सञ्चालन गरेर अगाडि बढ्ने दाबी गरे ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद  श्रेष्ठले आगामी दिनमा हरेक सामग्रीहरु आवश्यकताका आधारमा वितरण गर्ने पूर्वाधार निर्माण गर्दा दिगो विकासलाई मापदण्ड बनाउने  रोजगारी कार्यक्रमलाई प्रोत्साहन गर्दै नियमित सञ्चालन गर्ने, किसानका समस्याहरु वडा तहमै समाधान गर्ने योजना आगामी वर्षको रहेकोले सन्धिखर्क नगरपालिका देशकै नमुना नगरपालिका बन्ने दाबी गरेका थिए ।

कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको जवाफ दिँदै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले  बहुवर्षे योजना अगाडि बढिरहेको, सहकारीलाई व्यवस्थित गरिएको, कृषकले उत्पादन गरेका कृषि उपज सामग्रीलाई बजारीकरण गर्ने, उत्पादनमा आधारित अनुदान दिने समयमा किसानलाई मल उपलब्ध गराउने, हरेक नागरिकको जीवनस्तर उकास्न फरक खालका कार्यक्रमहरु अगाडि सारिएको बताए ।

समीक्षा कार्यक्रममा नगरपालिकाका योजना अधिकृत मन्जु खनाल शिक्षा, अधिकृत मन्जु आचार्य, योजना अधिकृत दिलिप केसी, कृषि अधिकृत राजेन्द्र भट्टराई, महिला बालबालिका शाखा प्रतिनिधि बेलकुमारी परियार, प्राविधिक प्रमुख हरि बहादुर बोहोरा, राजश्व प्रमुख मुक्ति खनाल लेखा प्रमुख नबराज गौतम, जिन्सी शाखा प्रमुख थान बहादुर महत्रा, स्वास्थ्य प्रमुख पूर्ण पराजुली लगायतका शाखा प्रमुखले गरेको प्रस्तुतीमाथि  नगरपालिका प्रवक्ता मोतिजङ्ग रायमाझी, वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष नारायण खड्का, वडा नम्बर ७ का अध्यक्ष चुरा केसी,  ५ का अध्यक्ष ऋषव अधिकारीले योजना शाखा प्रमुखहरुलाई सुझाव दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise