२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

नेपाल निर्माण उद्योग परिषद्को जिल्ला अधिवेशन सम्पन्न

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ३२ गते २२:१०
नेपाल निर्माण उद्योग परिषद्को जिल्ला अधिवेशन सम्पन्न

रौतहट : नेपाल निर्माण उद्योग परिषद्को जिल्ला अधिवेशन सम्पन्न भएको छ । निर्माण व्यवसायीहरुसँग सरोकार राख्ने नेकपा एमाले पार्टीको भातृ संगठनको रुपमा रहेको नेपाल निर्माण उद्योग परिषद्ले शुक्रबार जिल्ला कमिटी विस्तार गरेको छ ।

पार्टी कार्यालय गौरमा आयोजित कार्यक्रमका बीच  परिषद्को पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको हो । पार्टीका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रमबाट ११ सदस्यीय जिल्ला नेतृत्वको समेत चयन भएको छ । 

निर्माण व्यवसायी समेत रहेका मो. ज्याउल हक अध्यक्ष रहने गरी ११ सदस्यीय कमिटी तयार भएको हो । अधिवेशनबाट चयन भएकाहरुलाई कार्यक्रमका अतिथिहरुले गमछा र माला लगाइ शुभकामना तथा बधाइ समेत दिएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise