२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

मनाङ हिमपहिरो : २ जनाको शव फेला, ८ जना अझै सम्पर्कविहीन

Nada
२०८३ असोज ११ गते २०:३७
Shares
मनाङ हिमपहिरो : २ जनाको शव फेला, ८ जना अझै सम्पर्कविहीन

मनाङ : मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोमा परी २ जनाको शव फेला परेको छ । आइतबार साँझ सवा ६ बजेसम्म कैलाश हेलिकप्टरमार्फत शव उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा राखिएको छ ।

ncell

हिमाल आरोहणमा गएका २२ जनामध्ये (९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ)मध्ये १२ जना फु गाउँमा सुरक्षित सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । सबै आरोही तथा स्टाफ नेपाली नागरिक हुन् ।

उद्धार तथा खोजीका लागि काठमाडौंबाट थप हेलिकप्टर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले क्षतिको पूर्ण विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

ताजा खबर

सम्बन्धित खबर