२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयो : सांसद राई

Nada
२०८३ असोज १२ गते ११:५८
Shares
सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयो : सांसद राई

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

ncell

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले विपद्पछिको अवस्था र मुलुकको गम्भीर संकटका बेला सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका हुन् ।  प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित भई जवाफ दिन माग गरे । सांसद राईले भदौ १० गतेको विपद्पछि एक महिना दुई दिन बितिसक्दा पनि प्रभावितहरूले न्याय पाउन नसकेको र सरकारले पर्याप्त चासो नदेखाएको बताए ।

उनले उक्त विपद्मा परी ज्यान गुमाएका २१ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी र घाइतेहरूको उपचारमा सरकारले गम्भीरता नदेखाएको उल्लेख गरे । सरकारका पछिल्ला गतिविधिहरूलाई ‘केटाकेटी खेले जस्तो र लुकिछिपी’ शैलीको भन्दै सांसद राईले आलोचना गरे । 

उनले भने, ‘घरी कसैलाई पक्रने र घरी छोड्ने जस्ता गतिविधिले सरकारको गम्भीरतामाथि प्रश्न उठाएको छ । कम्तीमा यस्ता संवेदनशील विषयमा सरकारले सिरियसली काम गर्नुपर्छ ।’

उनले मुलुकमा बढ्दो भोकमरी र आर्थिक अभावका कारण नागरिकहरू आत्महत्या गर्न बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । यस्तो परिस्थितिमा सरकार र सदनप्रति जनताको आक्रोश बढ्दै गएको भन्दै उनले सचेत गराए । आफूहरू प्रतिपक्षमा रहे पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै उनले सरकारले जनताको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । 

ताजा खबर

सम्बन्धित खबर