२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

हिमालमा जलवायु संकट : संसदीय विशेष समितिको सभापति चयन असोज १४ मा

Nada
२०८३ असोज १२ गते १३:५२
Shares
हिमालमा जलवायु संकट : संसदीय विशेष समितिको सभापति चयन असोज १४ मा

काठमाडौं : प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयनको मिति तय गरेको छ ।

ncell

सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते समितिको सभापति पदका लागि निर्वाचनको समय निर्धारण गरेका हुन् । प्रतिनिधिसभा नियमावली २०८३ को नियम १७६ को उपनियम १ बमोजिम सभामुख अर्यालले असोज १४ गते दिउँसो २ बजे सभापति चयनका लागि निर्वाचन हुने जानकारी गराए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको गम्भीर असर र भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीहरूमा उत्पन्न विपद्को जोखिमलाई सम्बोधन गर्न यो समिति गठन गरिएको हो ।

जलवायु न्यायको मुद्दामा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आएका बेला संसदीय समितिबाट हुने अनुसन्धान र सुझावहरू महत्वपूर्ण मानिएका छन् ।

यस समितिलाई जलवायुजन्य विपद्को न्यूनीकरणका लागि नीतिगत आधार तयार गर्ने जिम्मेवारी दिइएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले तोकिएको मिति र समयबारे सदनलाई औपचारिक जानकारी गराउँदै बैठकको कार्यसूचीबारे स्पष्ट पारे । निर्वाचन सम्पन्न भएसँगै समितिले आफ्नो औपचारिक कार्यभार सम्हाल्नेछ । 

ताजा खबर

सम्बन्धित खबर