२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

शान्ति सुरक्षाको माग गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले दिए प्रहरीमा निवेदन

Nada
२०८३ असोज १२ गते १३:५७
Shares
शान्ति सुरक्षाको माग गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले दिए प्रहरीमा निवेदन

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो तथा परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन् ।

ncell

राणाका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिएका हुन् ।

निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सुरक्षा चुनौतीसँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ ।

राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूले थप असुरक्षा महसुस गरेको निवेदनमा जनाएका छन् ।

पछिल्लो समय केही विषयबारे प्रहरी कार्यालयबाट जानकारी पाएपछि आफ्नो सुरक्षाका लागि थप व्यवस्था आवश्यक देखिएको भन्दै राणाले सुरक्षा बढाउन माग गरेका हुन् ।

निवेदनमा आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी रहेको उल्लेख गर्दै राणाले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबरामार्फत निवेदन प्राप्त भएको पुष्टि गरेका छन् ।

यसअघि शनिबार राति सचिन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी आइतबार दिउँसो रिहा भएका थिए । उनको नियन्त्रण र रिहाइको विषयलाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला राणाले आफू र परिवारको सुरक्षाका लागि प्रहरीसमक्ष निवेदन दिएका हुन् ।

 

ताजा खबर

सम्बन्धित खबर