२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

भोटेकोशी बाढी प्रभावित प्रहरी कर्मचारीहरूका परिवारलाई विशेष राहत योजना

Nada
२०८३ असोज १३ गते १३:१८
Shares
भोटेकोशी बाढी प्रभावित प्रहरी कर्मचारीहरूका परिवारलाई विशेष राहत योजना

काठमाडौँ : गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्य पालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ ।

ncell

सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा नि:शुल्क प्रदान गर्ने निर्णय गरेको छ ।

यसका साथै समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुन:स्थापनाका लागि विशेष ध्यान दिँदै उनीहरूलाई आवश्यकता अनुसारका सीपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने ऐतिहासिक निर्णय गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्यांकन गर्दै यो कदम चालिएको हो ।

ताजा खबर

सम्बन्धित खबर