२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रुस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ २७ गते १८:१०
रुस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

रौतहट : विद्यार्थी भिसामा रुस पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नं. २ घर भएका २० वर्षीय जितेन्द्र कुमार यादवलाई विद्यार्थी भिसामा रुस पठाइदिन्छु भन्दै ठगी गर्ने यमुनामाई गाउँपालिका वडा नं २ का २३ वर्षीय राहुलकुमार प्रजापतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विद्यार्थी भिसाको कागजातहरु नेपालस्थित रुसी दूतावासबाट जारी भएको भनेर नक्कली कागजात देखाइ विश्वासमा लिएर यादवबाट १० लाख ८७ हजार ७२० रुपैयाँ लिएर प्रजापति फरार भएका थिए ।

पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रजापतिलाई गत २२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रजापतिविरुद्ध ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गराइ कसुर अनुसारको मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise