२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २ गते २१:२५
नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले  नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु नगरपालिकाको पहिलो प्राथमिकता भएको बताएका छन् । 

सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाले सन्धिखर्कमा आयोजना गरेको समीक्षा गोष्ठीको उद्घाटन गर्दै अधिकृत भुसालले अहिलेको पहिलो विषय र ध्यान स्थानीय सरकार सन्धिखर्क नगरपालिकाको नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने रहेको बताए ।

वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट अहिले भएको स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै भुसालले ‘पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने भएको बताए । 

उनले स्वास्थ्य संस्थालाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रुपमा  नगरपालिकाले काम गरिरहेको बताए । 

अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नगरपालिका उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउने नगरपालिकाले योजना बनाएको पनि सुनाए ।

‘नगरपालिकाभित्र रहेका वडा स्वास्थ्य चौकीबाट सरकारी  सेवा गर्न नसकेको होइन, आफ्नो सेवालाई प्रभावकारी बनाउन नसकेको हामिले बुझेका छौं’ उनले भने । नागरिकको स्वास्थ्यप्रति जिम्मेवारी बहन गर्नु स्वास्थ्यकर्मीको दायित्व रहेको उनले दाबी गरे । 

‘अतिरिक्त समयमा काम गरेर भएपनि नागरिकलाई सेवा दिऔं, त्यसबापतको गर्नुपर्ने सहयोग नगरपालिकाले गर्नेछ’ उनले भने,‘समीक्षा गोष्ठीको रिपोटिङ सुन्दा नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुले आफूले सोचेभन्दा व्यवस्थित रुपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको छ ।’
कार्यक्रममा अर्घाखाँची  अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीले  अर्घाखाँची अस्पतालको अहिलेको अवस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

डा.तिवारीले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताउँदै  अस्पतालमा बजेट अभाव रहेका कारण निःशुल्क औषधि वितरण गर्न समस्या भएको गुनासो गरे । डाक्टर तिवारीले भने, ‘प्रदेश सरकारले ९० सरकारले औषधी ९० प्रकारका औषधी निःशुल्क  वितरण गर्ने भन्छ, तर बजेट  औषधी नपठाउने गरेका कारण समस्या उत्पन्न भएको छ ।’

डाक्टर तिवारीले अब स्थानीय सरकारले अस्पतालको लागि पनि बजेट विनियोजन गर्नुपर्ने बताए ।  

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख शिव नेपालीले स्वास्थ्य कार्यालयले दिने सेवाहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले नगरपालिकाभित्र र आधारभूत स्वास्थ्य  संस्थामा गरिएको अनुगमन,  नगरभित्रका स्वास्थ्य केन्द्रहरुको अवस्था,बजेट र खर्चको अवस्था तथा वित्तीय प्रगति विवरण, सम्पन्न हुन नसकेको कार्यक्रमहरु, स्वास्थ्य संस्थालाई आवश्यक औषधी तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था, स्वास्थ्य केन्द्रले दिने सेवा सुविधा खोप, सुत्केरी, गर्भपतन, परिवार नियोजनका साथै जनस्वास्थ्यको अवस्था बारेमा  जानकारी  गराएका थिए । 

कार्यक्रममा डिभर्ना स्वास्थ्य चौकी इन्चार्ज यादव पाण्डे, डिभर्नाञ आयुर्वेद औषधालयका प्रमुख तिलक जङ जनैदार, बराहनेटा आधारभूत स्वास्थ्य केन्द्र इन्चार्ज सुर्य बहादुर जिसी, नरपानी स्वास्थ्य चौकी इन्चार्ज श्रवण पन्थी, वाङ्ला स्वास्थ्य चौकी इन्चार्ज मिनराज पौडेल, अर्घा स्वास्थ्य चौकीका हिमराज भट्टराई, किमडाँडा स्वास्थ चौकीका छबिलाल भुसाल, मथुरा आधारभूत स्वास्थ्य केन्द्रका युवराज खनाल, झेडि आधारभूत स्वास्थ्य केन्द्रका सपना नेपाली, धरमपानी आधारभूत स्वास्थ्य केन्द्रका जेलिना केसी, कुर आधारभूत स्वास्थ्य केन्द्रका केशरा राना खाँचिकोट, स्वास्थ्य केन्द्रका प्रेम चन्द्र वि.कले आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम जनस्वास्थ्य निरीक्षक प्रकाश परियार सञ्चालन स्वास्थ्य, शाखा प्रमुख पूर्ण पराजुलीले स्वागत मन्तव्यमा राखेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise