
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले २ चौका प्रहार गरे । ओपनर सेफ जेबले १४ बलमा २ चौकाको सहयोगमा १३ रन बनाए ।
सुदूरपश्चिमका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका लागि किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए ।