
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा लामिछाने र अर्यालबीच भेटवार्ता भएको हो ।
यसअघि बुधबार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । लगातार भएका यी भेटवार्ताबारे थप विवरण भने सार्वजनिक भएको छैन ।