२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

भोटेकोशी–त्रिशूली विपत्तिबारे नेपालद्वारा बैंककमा क्षेत्रीय संवाद

Nada
२०८३ कार्तिक १२ गते १५:५५
Shares
भोटेकोशी–त्रिशूली विपत्तिबारे नेपालद्वारा बैंककमा क्षेत्रीय संवाद

काठमाडौं : नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबाट सिकिएका पाठबारे थाइल्याण्डको बैंककमा उच्चस्तरीय क्षेत्रीय संवाद आयोजना गरेको छ ।

एसिया–प्रशान्त क्षेत्रका मन्त्री, कूटनीतिज्ञ, वैज्ञानिक तथा विपद् व्यवस्थापन विज्ञ सहभागी कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे छलफल गरिएको हो ।

यूएन ईएससीएपीसँगको सहकार्यमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली विपद्सँग जुध्न अन्तर्राष्ट्रिय सहकार्य, स्याटलाइट प्रविधि र वित्तीय स्रोत आवश्यक रहेको बताए ।

कार्यक्रममा जोखिमसम्बन्धी तथ्यांक आदानप्रदान, एकीकृत पूर्वसूचना प्रणाली र कृत्रिम बुद्धिमत्तासहित आधुनिक प्रविधिको प्रयोगमा जोड दिइएको थियो ।

नेपालले जलवायुजन्य विपद्को पूर्वतयारीका लागि क्षेत्रीय अन्तरिक्ष सहकार्य, स्याटलाइट सूचनामा पहुँच र तथ्यांक आदानप्रदानको प्रस्ताव अघि सारेको छ । उक्त प्रस्तावलाई ५३ देशले समर्थन गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ ।

सम्बन्धित खबर