२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माइतीघरमा ऐक्यबद्धता सभा

Nada
२०८३ कार्तिक १२ गते १३:३४
Shares
स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माइतीघरमा ऐक्यबद्धता सभा

काठमाडौं : स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ले काठमाडौंको माइतीघरमा ऐक्यबद्धता सभाको आयोजना गरेको छ ।

स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै सो अभियानले दबाब सिर्जना गर्न कार्यक्रम गरेको हो । स्थानीय तहको निर्वाचन र शासन सञ्चालनमा दलीय भागबण्डा र हस्तक्षेपले गर्दा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर परेको भन्दै अभियानले लामो समयदेखि आवाज उठाउँदै आएको छ ।

अभियानकाअनुसार स्थानीय तह भनेको दलीय प्रतिष्पर्धा गर्ने थलो नभई नागरिकको सेवा र स्थानीय विकासको केन्द्र हुनुपर्छ । अभियानले यसअघि नै देशभर यसबारे बहस चलाउँदै आएको छ ।

दलको निर्देशनमा चल्दा जनप्रतिनिधिहरू जनताप्रति भन्दा पार्टीप्रति बढी उत्तरदायी हुनुपर्ने बाध्यता रहेको भन्दै यसलाई नीतिगत रूपमै सुधार गर्नुपर्ने माग राख्दै आएका छन् । अभियानले स्थानीय तहको निर्वाचनमा दलहरूको उम्मेदवारी दिने व्यवस्थालाई नै परिवर्तन गरी स्वतन्त्र व्यक्तिले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने पैरवी गर्दै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर