२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

भारतीय राजदूत दलेलाको दुई मन्त्रीसँग भेट, पर्यटन र पूर्वाधार सहकार्यबारे छलफल

Nada
२०८३ कार्तिक २७ गते १६:३१
Shares
भारतीय राजदूत दलेलाको दुई मन्त्रीसँग भेट, पर्यटन र पूर्वाधार सहकार्यबारे छलफल

काठमाडौँ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकप्रसाद पौडेल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् ।

काठमाडौँस्थित भारतीय दूतावासका अनुसार मन्त्री पौडेलसँगको भेटमा पर्यटन प्रवर्द्धन, नेपाल र भारतबीचको सम्पर्क सञ्जाल विस्तार तथा दुवै देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।

मन्त्री लम्सालसँग दलेलाले पूर्वाधार विकास र सम्पर्क सञ्जालका क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउने उपायबारे छलफल गरेका थिए । भेटमा विभिन्न क्षेत्रमा नेपाल-भारत साझेदारी अघि बढाउन मिलेर काम गर्ने विषयमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर