
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ३ हजार तीन सय रुपैयाँले घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर आज ३ हजार ३३५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३८० सय रुपैयाँमा कारोबार भएको थियो ।