२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

इनम सापकोटा प्रकरणमा संवेदनशील सूचना सार्वजनिक नगरेको प्रहरीको दाबी

Nada
२०८३ मंसिर २ गते १६:३४
Shares
इनम सापकोटा प्रकरणमा संवेदनशील सूचना सार्वजनिक नगरेको प्रहरीको दाबी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको स्पष्ट पारेको छ ।

अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले त्यस्ता विवरणको खण्डन गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मंसिर २ गते जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग असम्बन्धित मोबाइल लोकेसनलगायत अप्रमाणित विवरण सार्वजनिक भएको उल्लेख छ ।

यस्ता सामग्रीले अनुसन्धान प्रभावित पार्नुका साथै सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने भन्दै प्रहरीले मुद्दासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सूचनाको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ ।

प्रहरीले मुद्दाको अनुसन्धान प्रचलित कानुन र प्रक्रियाअनुसार भइरहेको जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर