२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

वनमा लुकाइएका सात थान भरुवा बन्दुक बरामद

Nada
२०८३ मंसिर २ गते १६:५७
Shares
वनमा लुकाइएका सात थान भरुवा बन्दुक बरामद

काठमाडौँ : म्याग्दीको मालिका गाउँपालिका-५ मल्कवाङ घरथोकस्थित वनमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

मंसिर २ गते बिहान ६ बजे इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको नेतृत्वमा खटिएको टोलीले गस्तीका क्रममा ती बन्दुक फेला पारेको नेपाल प्रहरीले जनाएको छ ।

बरामद गरिएका बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत अवस्थामा छन् । ती बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर