२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

एसियाली विकास बैंकको सहयोगमा लुम्बिनी प्रदेशका ५ सडक बन्दै

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ ४ गते २०:४९
Shares
एसियाली विकास बैंकको सहयोगमा लुम्बिनी प्रदेशका ५ सडक बन्दै

अर्घाखाँची : लुम्बिनी प्रदेशका पाँच जिल्लामा ग्रामीण सडक सुधार सञ्जाल परियोजना लागू भएपछि ग्रामीण क्षेत्रका सडकहरुको स्तरोन्नति शुरु भएको छ । 

ncell

एसियाली विकास बैंक र नेपाल सरकारबीच सन् २०२३ अक्टुबर ३१ मा सम्झौता भएको सो परियोजनाको मुख्य उद्देश्य ग्रामीण तहका सडकहरु स्तरोन्नति गरी नागरिकहरुको जीवनस्तरमा सुधार ल्याइ गरिबी निवारण गर्ने उद्देश्य रहेकोले सडकको काम शुरु गरिएको ग्रामीण सडक सञ्जाल सुधार  आयोजना रुपन्देहीका प्रमुख नरेन्द्र खड्काले जानकारी दिए । 

मधेश प्रदेश र सुदुरपश्चिम बाहेका ५ प्रदेशमा ग्रामीण सडक सुधार सञ्जाल परियोजनाले काम शुरु गरेपछि ग्रामीण क्षेत्रका सडकहरु डबल कटिङ कालोपत्रे ग्राभेलिङ नाली निर्माण पिचको काम गर्ने गरी अब कामहरु शुरु भएका छन् ।

यो परियोजना लागू भएपछि स्थानीय स्तरका सडकहरुबाट राष्ट्रिय सडकसम्म पहुँच पुग्ने गरी काम शुरु भएपछि परियोजना लागू भएका ठाउँका स्थानीयबासीहरु गुणस्तरीय चिल्ला सडकमा हिँड्न पाउने आफ्नो गाउँठाउँमा गरेको कृषि खेती सहरसम्म पुर्‍याउने र कृषि उपजहरुको बजारीकरण हुनु भन्दै खुसी भएका छन् । 

लामो समयसम्म सडक नहुँदा दुःख झेल्दै आएका स्थानीय जनताको मागलाई मध्येनजर गरी सडक निर्माणका लागि एसियाली विकास बैंकले आर्थिक सहयोग गरेको हो । लुम्बिनी प्रदेशमा लागू भएको यो परियोजनाले पहिलो लटमा लुम्बिनी प्रदेशका ५ जिल्लामा ५ वटा सडकको  काम शुरु गर्ने भएपनि ३ वटा सडकको काम ठेक्का सम्झौता भइ अगाडि बढेको र १ वटा सडकको काम अगाडि बढाउन ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने १ सडक ठेक्का प्रक्रियामा अगाडि बढ्दै छ ।

लुम्बिनी प्रदेश अन्तर्गत एसियाली विकास बैंकको १८ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा भगवानपुर धक्धइ खैरेनी रुपन्देहीको ११.२८ किलोमिटर सडकको ठेक्का प्रक्रिया अन्तर्गत प्राविधिक मूल्यांकन भइरहेको छ भने वामिटक्सार इन्द्रेगौणा आपचौर शान्तिपुर सडक गुल्मीको २२.३० किलोमिटर सडक ५२ करोड ८९ लाख ८१ हजार ९३९ रुपैयाँमा टुँडि बिडारी जेभी काठमाडौंका सञ्चालक राजकुमार बिडारीले ठेक्का सम्झौता गरी काम शुरु गरेका छन् ।

बिजौरी बसडबरा जमुनी लक्ष्मीपुर दक्षिण कुडहरि कन्जाबार कोठारीको १५.२८ किलोमिटर सडक  ठेक्का हुन बाँकी रहेको छ ।

रिजि दुम्ला नेर्पा सडक रोल्पा १२.३५ किलोमिटर सडक ३० करोड २२ लाख ६० हजार ९०६ रुपैयाँमा सम्झौता भइ काम शुरु गरिएको र  यो सडकको काम दूर्त गतिमा अगाडि बढिरहेको छ । सिसागढी झुम्लाबाङ रासी पूर्वी रुकुमको ६ किलोमिटर गरी पहिलो फेसमा ६७.५१ किलोमिटर लम्बाइका सडकहरु २ अर्ब ३३ करोडको बजेटमा ठेक्का सम्झौता भइ काम शुरु भएको ग्रामीण सडक सुधार सञ्जाल परियोजना रुपन्देहीका आयोजना प्रमुख नरेन्द्र खड्काले जानकारी दिए । एडिबिको सहयोगमा बन्ने सडकहरुमा एउटा सडकको ठेक्का लगाउन बाँकी छ । यस वर्ष ठेक्का लगाइ काम शुरु गर्ने आयोजनाको तयारी रहेको आयोजना प्रमुख खड्काले दावी गरे ।

ग्रामीण सडक सुधार अन्तर्गत ठेक्का  सम्झौता गरेका निर्माण कम्पनीले सम्झौता गरेको मितिले २ वर्षभित्र काम सम्पन्न गर्नुपर्ने छ । बढीमा ५ वर्ष भन्दा योजनाको म्याद थप गर्न नमिल्ने कार्यविधिमा उल्लेख छ ।

सम्बन्धित खबर