
नयाँ दिल्ली (भारत) : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहकाबीच भारतीय सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । समारोहमा भारतीय सेनाको टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको हो ।
सो अवसरमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।