२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आईटी आर्मीले विभाग घेर्ने

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते २१:५७
आईटी आर्मीले विभाग घेर्ने

काठमाडौं : आम जनता पार्टीको भ्रातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन वैदेशिक रोजगार विभाग घेराउ गर्ने बताएको  छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आईटी आर्मीले संघर्षका कार्यक्रमबारे जानकारी गराएको हो ।

विभाग घेराउको कार्यक्रम आगामी असार २ गतेदेखि शुरू हुने आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहले बताए । उनले वैदेशिक रोजगारीमा जाने लाखौं युवाहरुबाट खर्बौं रकम अवैधरुपमा असुली भएको दाबी गर्दै लामो समयदेखि भइरहेको उक्त अवैध असुलीलाई आईटी आर्मीले रोक्न चाहेको दाबी गरे ।
‘लाखौं लाख युवासँग खर्बौं रकम ठगी भइरहेको छ,’ उनले भने, ‘१० हजारको नाममा १० लाख, ५ लाख गरी लाखौं लाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं ।’

उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैधरुपमा हुण्डीमार्फत भित्रिरहेको पनि दाबी गरे । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु बिनालगानी म्यानपावरको शेयर होल्डर बनिरहेको पनि उनले दाबी गरे ।  

मरभूमिमा मर्न बाध्य युवाहरुले पठाउने रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेता, प्रशासक र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको रुपमा प्रयोग गर्ने अस्त्रको रुपमा प्रयोग गरिरहेको उनले आरोप लगाए  ।

साथै विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्युलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी राज्यले लिनुपर्ने उनले बताए । वैदेशिक रोजगारीमा पठाउँदा जीटूजी प्रणाली अवलम्बन गरिनुपर्ने उनको माग छ ।

आईटी आर्मीका केन्द्रीय सचिव प्रशान्त केसीले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । आईटी आर्मीका महासचिव नरेश तुरहाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । उनले नेताहरुले म्यानपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको पनि आरोप लगाए ।

ADVADV

सम्बन्धित खबर

Advertise