२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

व्यंग्यात्मक गाईजात्रा–२०८१ ‘बसी बियाँलो’ सार्वजनिक

Nada
तिलु शर्मा पौडेल
२०८१ भदौ ५ गते १९:३५
Shares
व्यंग्यात्मक गाईजात्रा–२०८१ ‘बसी बियाँलो’ सार्वजनिक

दोहा, कतार : कतारमा सफल व्यवसायीको परिचय बनाएका नवलपुरका पिताम्बर चापागाईंले कलाकारिता क्षेत्रमा सफलता पाउँदै गइरहेका छन् । सानो पर्दा अर्थात नेपाली टेलीचलचित्र ‘लास्टा त्यै’मार्फत उनी कलाकारिता मा होमिएका हुन् । हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीसँग नजिक रहेका चापागाईद्वारा अभिनित गाईजात्रा ‘बसी बियाँलो’ सार्वजनिक भएको छ ।

ncell

उत्तम कोदेको लेखन निर्देशनमा व्यंग्यात्मक गाईजात्रा–२०८१ ‘बसी बियाँलो’ सार्वजनिक भएको हो । आरोन इन्टरटेनमेन्ट नामक युट्युबबाट भिडियो सार्वजनिक भएको गाईजात्रामा पुराना राजनीतिक स्थापित दलहरूको कार्यशैलीलाई बसी–बियाँलो कार्यक्रममार्फत व्यंग्यात्मक शैलीमा देखाइएको छ । कलाकार कमल मैनालीले माधव नेपालको भूमिकालाई प्रस्तुत गरिएको छ भने चापागाईँले रवि लामीछानेका शुभचिन्तक तथा समर्थकका रुपमा आवाज बुलन्द गरेका छन् ।

गाईजात्राको उक्त भिडियोमा ‘नरोऊ–नरोऊ नेपाली जनता, भोट हाल्यौ कसलाई भन त’ भन्ने गीत समेत प्रस्तुत गरिएको छ । भिडियोमा चापागाईंसहित निर्देशक कोदे बद्री पुडासैनी, राम थापा, जनार्दन फुयाँल, सुरेश तिमिल्सिना, सुन्दर लामिछाने, अन्जु गुरुङ, जमुना तिवारी, चन्दन ठाकुर, अरुण पोखरेल, विराज श्रेष्ठ, प्रकृति राना मगर, राज न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ ।


ताजा खबर

सम्बन्धित खबर