२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

विश्वप्रकाशको प्रस्तावले कांग्रेसमा अप्ठ्यारो

ADV
दिवाकर अधिकारी
२०८१ भदौ ७ गते ०६:५५
विश्वप्रकाशको प्रस्तावले कांग्रेसमा अप्ठ्यारो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको शुक्रबारबाट पुनः शुरु हुँदैछ । साउन २३ गतेदेखि २८ गतेसम्म चलेको बैठक १० दिनका लागि स्थगित भएर पुनः बस्न लागेको हो । कांग्रेस नेताहरू अब बस्ने बैठकमा नेताहरूको अवकाशबारे छलफल हुने बताउँछन् । 

प्रधानमन्त्रीमा दुई पटक, मन्त्रीमा तीन पटक र सांसदमा चार पटकको हदम्याद राख्ने गरी महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक अवकाशको प्रस्ताव ल्याएपछि नेपाली कांग्रेसभित्र तरंग पैदा भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष खुलेर यसको विरोधमा लाग्दा महामन्त्री गगन थापा कतै खुल्न सकिरहेका छैनन् । शर्मा पक्षधर नेताहरू पार्टी सभापतिमा दुई पटकको हदम्याद रहेको, राष्ट्रपतिमा दुई पटकको हदम्याद रहेकोले अब यो नीतिलाई प्रधानमन्त्री, सांसद र मन्त्रीका हकमा समेत लागू हुनुपर्ने तर्क गरिरहेका छन् । 

तर, सभापति देउवा पक्षधर नेताहरू जबजस्ती यति पटक प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाउने भनेर जानु राजनीतिक नहुने तर्क गरिरहेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवा पक्ष खुलेर प्रधानमन्त्रीमा दुई पटक, मन्त्रीमा तीन पटक र सांसदमा चार पटकको हदम्याद राख्ने प्रस्तावको विरोधमा लाग्दा महामन्त्री गगन थापा कतै खुल्न सकिरहेका छैनन् । 

यही रस्साकस्सीका बीच १० दिन स्थगित भएको कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः बस्न लागेको हो । 

यसअघि केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसायिक प्रतिवेदन पेश गरेका थिए । महासमिति बैठकको सुझाव र बदलिएको राजनीतिक घटनाक्रम अनुसार तीन नेताले प्रतिवेदन संशोधन सहित पेश गरेका हुन् । 

शुक्रबारबाट पुनः सुरु हुने बैठकमा केही केन्द्रिय समिति, केही पूर्व पदाधिकारी सहित वर्तमान पदाधिकारीका बोल्ने छन् । 

नेताहरूका अनुसार महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री सांसदको कार्यकाल तोक्नुपर्ने गरी आएको प्रस्तावको पक्ष र विपक्षमा मतहरु आएका छन् । विधान वा कांग्रेसको नीतिमा यस्तो कुरा लेख्न मिल्ने कुरा होइन भन्ने र राजनीतिक अवकाश दिनुपर्छ भन्ने मत प्रकट भएको छ । यही मतले समाजमा बहस सिर्जना गरिएछि यसअघि १० दिन बैठक नै स्थगित गरिएको हो । 

अबको बैठकमा पनि यही विषयमा ज्यादा छलफल हुने नेताहरू बताउँछन् । यसअघि विधान संशोधनका लागि सुझाव कार्यदलका बारेमा पनि विषय उठेको थियो । नेताहरूका अनुसार विधान संशोधनका लागि एउटा नयाँ समिति बन्ने सम्भावना छ । विधान कहाँ के संशोधन गर्ने सम्पूर्ण कुरा समितिले गर्छ । यो कुरा पार्टी बैठकमा उठेको छ । 

महामन्त्रीद्वय गगन थापाद्वारा प्रस्तुत निर्वाचनमा गठबन्धन नगर्ने र महाधिवेशनको मिति समेटिएको प्रतिवेदनले पनि बहस सिर्जना गरेको छ । निर्वाचनका समयमा गरिने गठबन्धनका विषयलाई लिएर चित्त दुखाउन पुगेको भनिएको नेकपा माओवादी कांग्रेसको महासमिति बठकयता एक चरण एमालेसँग सत्ता सहकार्य गर्दै पुनः अहिले विपक्षमा पुगेको भने कांग्रेस–एमाले बीच अहिले सत्ता सहकार्य छ ।

यो विषयमा पनि शेरबहादुर देउवा पक्ष रुष्ट छ । निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने विषय तत्कालीन र रणनीतिक हुने भएकाले धेरै अगाडि घोषणा गरेर जान नहुने कतिपय नेताहरूको तर्क रहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise