२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जनताको गुनासो नआउने गरी काम गर्न मन्त्री राणाको निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ९ गते २१:४०
जनताको गुनासो नआउने गरी काम गर्न मन्त्री राणाको निर्देशन

बुटवल : लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न  कर्मचारी हरुलाई निर्देशन दिएका छन् । मन्त्रालय मातहतका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री राणाले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो कहिकतैबाट  नआउने गरी काम गर्न मन्त्रालय र मातहतका कार्यलय  प्रमुखहरुलाई  निर्देशन हुन् ।

खानेपानी जनताको दैनिक उपभोग्य महत्वपूर्ण सम्वेदनसिल बस्तु भएको बताउँदै मन्त्री राणाले १ घर १ व्यक्ति शुद्ध पानी दिने गरि काम गर्न  आग्रह गर्दै वर्तमान जमना अनुसारको प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ जनतालाई सहज  व्यावहारिक रुपमै सर्वसुलभ, र सर्वसाधारण पहुँचयोग्य बनाउने प्रदेश  सरकारको योजना रहेको बताए । 

मन्त्री राणाले  पछिल्लो समयमा मन्त्रालयले खानेपानी र शहरी विकासको क्षेत्रमा  दीर्घकालीन रूपमा जनतामा  सकारात्मक प्रभाव पार्ने गरी कार्ययोजना बनाइरहेको र ती योजना कार्यान्वयन भइसकेपछि खानेपानी शहरी विकास  मन्त्रालयको साख अझैँ उच्च हुने विश्वास व्यक्त गरे । 

मन्त्री राणाले  मितव्ययिता अपनाउँदै पूँजीगत खर्चमा वृद्धि गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा अगाडि बढ्न निर्देशन दिँदै शहरी विकास खानेपानी मन्त्रालयलाई जनताको आवश्यकता अनुसार समयानुकूल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

जिल्ला हरुमा हुने विकास निर्माणका कामहरु गुनासो नआउने समय अनुकुल गर्न निर्देशन दिँदै मन्त्री राणाले कुनै ठाउँबाट गुनासो नआउने गरी काम गर्न आग्रह गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise