२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वडाध्यक्षले ट्रान्सफर्मर जडान गरिदिएपछि स्थानीय हर्षित

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ ९ गते २१:४१
वडाध्यक्षले ट्रान्सफर्मर जडान गरिदिएपछि स्थानीय हर्षित

रौतहट : कम भोल्टेजको समस्या भोगिरहेका सितलपुरबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुशी दिएको छ । चरम गर्मीको दिनमा घरभित्र पनि गर्मीले यातना दिइरहेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयको निरन्तर पहलमा स्थानीयबासीलाई खुशी प्राप्त भएको हो । 

वडा अध्यक्ष यादवले विद्युत प्राधिकरणसहित सरोकारबाला हरेक व्यक्ति र कार्यालयमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् । उनको पहलमा सो वडामा दुई वटा ट्रान्सर्फमर जडान भएको छ । सो वडाका वडाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए । अब उपरान्त उक्त समस्याबाट छुटकारा पाउने भएका छन् ।

सितलपुरमा नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै खुसी भएको स्थानीय महेश यादवले बताएका छन् । उनले भने,पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नका लागि सजिलो भएको यादवको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise