२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ ११ गते २२:२९
Shares
गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ मा रहेको एक प्राथमिक विद्यालयको व्यवस्थापन समिति गठन गरिएको छ ।   वडामा रहेको श्री आधारभूत विद्यालय लक्ष्मीनिया दो.राँगीमा ३ वर्षको लागि नयाँ कार्य समिति चयन गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सितराम चौधरीलाई चयन गरिएको छ । सो समितिको सदस्यहरूमा डम्बर बहादुर रखाल,मन्जु श्रेष्ठ र सोविता देवी महतोलाई सर्वसम्मत चयन गरिएको प्रधानाध्यापक विजय कुमार कुशवाहाले जानकारी दिए । 

पूर्व निर्धारित सूचना अनुसार विद्यालयका आयव्यय प्रस्तुत गर्न र नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्न अभिभावक भेला बोलाइएको थियो । साथै सो भेलाबाट विद्यालयका पूर्व प्रधानाध्यापक रामइश्वर गोसाईलाई विदाइ पनि गरिएको थियो ।  

भेलामा अभिभावकहरूले विद्यालयका बारेमा आ–आफनो गुनासो र धारणा राखेका थिए । उनीहरुले विद्यालयको पठनपाठन गुणस्तरीय बनाउन सुझाव दिएका थिए । 

प्रधानाध्यापक कुशवाहाले  विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेसँगै विद्यालयमा विद्यार्थीको चाप बढेको र विद्यालयको अवस्था सुधार भएको भन्दै अभिभावकहरूले प्रशंसा गरेका थिए ।सो अवसरमा निवर्तमान अध्यक्ष कुमार सिवाकोटी, श्री जनता आधारभूतका प्रअ खुसी अख्तर देवान, शिक्षाप्रेमी जीवनाथ शिवाकोटी, सन्तोष रखाल, यूवा नेता विजय चौधरी लगायतका अभिभावक,शिक्षक शिक्षिका,विद्यार्थीहरू, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर