२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीको प्रगति ९२ प्रतिशत

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १२ गते २१:४०
खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीको प्रगति ९२ प्रतिशत

अर्घाखाँची : संघीय खानेपानी ढल व्यवस्थापन आयोजना अर्घाखाँचीको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक  भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत भएको आयोजनाले जनाएको छ ।   

आयोजनाको कार्यक्षेत्रभित्र पर्ने तीन जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा जिल्लामा योजनाका कामहरु अहिले निरन्तर रुपमा अगाडि बढेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर किरण आचार्यले जानकारी दिए । आचार्यका अनुसार  ३ जिल्लामध्ये  अर्घाखाँचीमा १८, गुल्मीमा २५, पाल्पामा २५ गरी ६८ योजनाहरु  आर्थिक वर्ष २०८०/०८१ मा आयोजनासँग सम्झौता भएकोमा तीन जिल्लामा ११ वटा योजनाहरु यस वर्ष सम्पन्न हुँदा ३ हजार ७ सय ९० परिवार  लाभग्राही तथा  ७ सय ७४ घरधुरीले खानेपानी १ घर १ धारा योजना  अन्तर्गत   लाभान्वित भएका प्रमुख आचार्यले मध्यान्हलाई  जानकारी दिए ।

योजनाहरु धेरै बहुवर्षीय छन्,  यस आर्थिक वर्ष २०८१/०८२ मा ३ जिल्लामा १ सय ११ वटा योजनाहरु छनोट भएका छन् भने यस आर्थिक वर्षमा तान्सेन कालिगण्डकी बृहत् पम्पिङ खानेपानी योजना पाल्पा र बर्तुङ खानेपानी योजना पाल्पाका २ ठूला योजना र छत्रकोट बृहत् पम्पिङ खानेपानी योजना गुल्मी रेसुङ्गा खानेपानी योजना गुल्मी गरी ४ वटा ठूला योजनाहरु  समेत यसै वर्ष सम्पन्न हुने गरी काम दु्रत  गतिमा अगाडि बढेको सिडिइ किरण आचार्यले बताए । अर्घाखाँची जिल्लामा आयोजनाको मुख्य कार्यालय भएपनि अर्घाखाँची भन्दा योजनाहरु गुल्मी र पाल्पामा धेरै छन् । यस आयोजनामा  प्रमुखको रुपमा  सिनियर डिभिजन इन्जिनियर आचार्यले जिम्मेवारी सम्हालेपछि  कामले दु्रत गति लिएको  योजनाका उपभोक्ताहरु बताउँछन् । 

आयोजना ठूलो भएपनि दरबन्दी अनुसारका  कर्मचारीहरु  कार्यालयमा नभएको अवस्थामा थोरै जनशक्तिले ९२ प्रतिशत  आर्थिक ८८ प्रतिशत भौतिक प्रगति, आर्थिक वर्ष २०८०/०८१  मा देखाउनु ठूलो उपलब्धि भएको संघीय खानेपानी मन्त्रालयको दाबी छ  । कर्मचारीहरु दिनरात नभनी खटिएर काम गरेपछि प्रगति राम्रो देखिएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताए । 

बहुवर्षीय योजनाको काम पनि ३ जिल्लामा  दु्रत  गतिमा अगाडि बढिरहेका छन् । कार्यालय प्रमुखले राम्रोसँग काम गर्न सहजीकरण गर्ने गरेको कारण धेरै काम गर्न सजिलो भएको बिडारी निर्माण सेवाका  सञ्चालक वरिष्ठ निर्माण व्यवसायी राजकुमार बिडारीले  बताए ।

अर्घाखाँचीमा भन्दा धेरै ठूला योजनाहरु गुल्मी जिल्लामा छन् भने अर्घाखाँची जिल्लामा पनि ठूला योजनाहरुको काम अगाडि बढ्ने तयारीमा रहेको कार्यालयका कम्प्युटर अधिकृत कृष्ण बर्माले बताए । 

उनका अनुसार कार्यालयमा डिभिजन इन्जिनियरसहित ४ जना इन्जिनियरको दरबन्दी भएपनि हालसम्म १ इन्जिनियर, १ कार्यालय प्रमुखले तीन जिल्लाका १ सय ११ योजनाहरुको फिल्ड निरीक्षण गर्ने बिल बनाउने नापजाँच गर्ने गरेका छन् । अर्घाखाँची जिल्लामा ढलको समेत काम योजनाका साथ स्थापना भएको सो कार्यालयले ढलको काम भने शुरु नगरेको बुझिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise