२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संघका अध्यक्ष भण्डारी एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको सचिवमा विजयी

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते ०६:५०
संघका अध्यक्ष भण्डारी एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको सचिवमा विजयी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको सचिव पदमा विजयी भएका छन् ।

अध्यक्ष भण्डारी पूर्वअध्यक्ष रोहन गुरूङलाई हराउँदै सचिवमा विजयी भएका हुन् । सोमबार सम्पन्न मतदानमा भण्डारीले १ सय २४ र पराजित गुरूङले ५० मत पाए । 

गत शनिबार काठमाडौंको मल्ल होटलमा आयोजित अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको बन्दसत्र शनिबार नै भएपनि कार्यसमितिमा आकांक्षी धेरै देखिएपछि निर्वाचन भएको हो ।

अध्यक्षमा  गाेविन्द प्रसाद धिमिरे, उपाध्यक्षमा माधव भट्टराई, उपसचिवमा जीवन थापा मगर निर्वाचित र मलिसा लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितीका अनुसार अध्यक्ष पदमा पदम प्रसाद घिमिरे र यामप्रसाद तिवारीले बराबर ८९ मत प्राप्त गरेपछि गोलाप्रथााट घिमिरेलाई निर्वाचित भएको घोषणा गरिएको हो ।

यसैगरी उपाध्यक्षमा  भट्टराईले १०८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी राजेन्द्र सापकोटाले ६५ मत प्राप्त गरे । सदस्य पदमा संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री, द्वितीय उपाध्यक्ष सन्जु गुरुङ, कोषाध्यक्ष सरिता घले, पूर्वमहासचिव नरेश गेलाल, व्यवसायी भिष्म शर्मा शिवाकोटी र लोकमणि मियाङ्बो विजयी भएका छन् । एमालेका चार विशेष जिल्ला कमिटीमध्ये उद्योग व्यवसाय विशेष जिल्ला कमिटी प्रभावकारी मानिएकाे छ ।

ADVADV

सम्बन्धित खबर

Advertise