२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

तीन महिना नबित्दै गरुडाका डीएसपी त्वातीको सरुवा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ १३ गते २२:०५
Shares
तीन महिना नबित्दै गरुडाका डीएसपी त्वातीको सरुवा

रौतहट : रौतहटको मध्यभागमा रहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रामेश्वर त्वातीको कार्यकाल पूरा नहुँदै सरुवा भएको छ । इलाका प्रहरी कार्यालय गरुडाको डीएसपीको रूपमा कार्यभार सम्हालेको तीन महिना समेत नबित्दै त्वातीको इटहरी सरुवा भएको  हो । 

ncell

गत जेष्ठ मसान्तमा गरुडामा हाजिर भएका डीएसपी त्वातिको एक वर्षको कार्यकाल पूरा नहुँदै सरुवा भएको हो । एक प्रहरी अधिकृले यदि कुनै वादविवादमा नपरेको खण्डमा कुनै ठाउँमा जादा कम्तीमा एक वर्ष बसेर काम गर्नुपर्ने प्रावधान अनुसार डीएसपी त्वातीले आगामी २०८२ साल जेष्ठसम्म गरुडामा  बस्नुपर्ने थियो तर उनको कार्यकाल पुरा हुन अझै ९ महिना भन्दा बढी दिन बाँकी छदै उनको सरुवा गरिएको हो ।

गरुडामा अब अर्को नयाँ डीएसपी राजन कार्की आउन लागेका छन् । शनिबार त्वातीको  बिदाइ  हुँदैछ भने नयाँ डीएसपी कार्कीको सोहीदिन आगमन हुनेछ ।

डीएसपी त्वातीको तीन महिनाको कार्यकालमा गरुडा प्रहरीमा मिलापत्र भन्दा बढी मुद्दा दर्ता भएको छ भने मेलमिलापको माध्यमले निकै कम मुद्दाको किनारा लागेको छ ।

डीएसपी त्वातीले अधिकांश घटनाको दोषीमाथि मुद्दा दर्ता गरी कारबाही गर्न थालेपछि पछिल्लो समय गरुडा आसपासमा अपराधिक क्रियाकलापमा कमि आएको छ ।

त्वातीले कुनै गल्ती नगरेपनि उनलाई कुन कारण वा आधारमा कार्यकाल पूरा नहुँदै सरुवा गरियो भनी आम नागरिकले चासो व्यक्त गर्न थालेका छन् । बिना कुनै कारण र आधारको त्वातीलाई सरुवा गर्ने प्रहरी प्रधान कार्यालय माथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

ताजा खबर

सम्बन्धित खबर