२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रधानमन्त्री नै भन्छन्- ‘मुलुकमा अराजकता फैलिँदो छ’

ADV
भावना पाठक
२०८१ भदौ १४ गते ०६:४०
प्रधानमन्त्री नै भन्छन्- ‘मुलुकमा अराजकता फैलिँदो छ’

काठमाडौं : केपी शर्मा ओली दुईतिहाइ बहुमतसहितको सरकारका प्रधानमन्त्री हुन् । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेको संयुक्त सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीले गत साउन ६ गते २७५ सदस्यीय प्रतिनिधि सभाबाट १८८ सांसदको मत पाएका थिए । 

संविधान संशोधन गर्नेसहितका एजेण्डा लिएर शक्तिशाली प्रधानमन्त्री भएका ओलीले सरकारमाथि आक्रमण भएको गूनासो गरेका छन् । सरकारको बचाउका लागि पार्टीका नेता÷कार्यकर्तालाई उनको आग्रह छ ।

बिहीबार नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बसेको थियो । जसलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकार र एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको बताए । यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको भन्दै उनले पार्टीका नेता÷कार्यकर्तालाई प्रतिवाद गर्न आग्रह गरेका छन् । 

नेताहरूका अनुसार सरकार र पार्टी नेतृत्वलाई बदनामा गर्ने, चरित्र हत्या गर्ने कार्य भइराखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सतर्कता अपनाउन सचिवालय सदस्यलाई आग्रह गरेका छन् । 

नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकमा अराजकता फैलिँदो छ । केही अराजकतावादी शक्ति र केही पार्टीले सरकार र एमालेमाथि आक्रमण सुरु गरेका छन् ।’ 

अराजकता गतिविधि नियन्त्रण गर्न सरकार सजग रहेको भएतापनि पार्टीका नेता/कार्यकर्ताको समेत साथ चाहिएको उनले बताएका छन् । यसका लागि पार्टीका नेता÷कार्यकर्ताल अराजकता फैलाउनेहरूको गतिविधि नियालेर प्रतिवाद गर्नुपर्ने उनको आग्रह छ । 

नेताहरूले सत्तासमीकरण फेरबदलको हल्ला चलेको भनेर प्रधानमन्त्री आलीलाई सोधेका थिए । प्रधानमन्त्री ओलीले सरकारलाई अघि बढ्न कुनै समस्या नभएको जवाफ दिएका छन् । बरु सरकार आगामी दिनमा परिणाम निकाल्ने गरी अग्रसर रहेको बताए ।

नेताहरूका अनुसार सरकारको नेतृत्वमा भएता पनि एमालेले जनतामा जाने कार्यक्रम बनाएर जाने नीति लिएको छ । यसका लागि बिहीबारको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिका कार्ययोजनको मस्यौदा पेस गरे । 

पार्टी संगठनलाई गतिशील बनाउन, सदस्यता वितरणलाई तीब्रता दिन, सदस्यता नवीकरणलाई चुस्त बनाउन, केन्द्रदेखि स्थानीय तहसम्म नियमित बैठक गर्न, प्रदेश र जिल्ला तहमा देखिएका अन्तरसंघर्ष, मतभेदलाई समाधान गर्नका लागि आवश्यक कार्यक्रम महासचिव पोखरेलले पार्टीको वार्षिका कार्ययोजनको मस्यौदामा समेटेका छन् । 

सरकारमाथि भएको आक्रमणको विषय पार्टीको यी गतिविधिमार्फत समेटेर देशभर चिर्ने र सरकारको कामको प्रचार गर्ने एमालेको आगामी रणनीति छ । पार्टीको आगामी कार्ययोजनाबारे थप छलफल गर्न एमालेले आगामी यही भदौ १८ र १९ गतेका लागि पोलिटब्यूरो बैठक बोलाएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन् । गौतमका अनुसार बिहीबार बसेको सचिवालय बैठकले पारित गरेको पार्टीको कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरण लगायतका विषय समोश छन् । बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन गर्ने, कार्यकर्तालाई नियमित प्रशिक्षण गर्न सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना बनाउने पनि उल्लेख छ । 

ADVADV

सम्बन्धित खबर

Advertise