२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लाेकतान्त्रिक एशाेसिएसनमा चार सदस्य मनाेनीत

ADV
२०८१ जेठ २९ गते ०७:०५
लाेकतान्त्रिक एशाेसिएसनमा चार सदस्य मनाेनीत

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दीपक थापाले चार जना वैदेशिक राेजगार व्यवसायीहरूलाई कार्यसमितिमा मनाेनयन गरेका छन् ।

अध्यक्ष थापाले जेनेक्स एशाेसिएसन प्रा.लि.का सञ्चालक देउ बहादुर गाैतम (सविन गाैतम), भर्षा म्यानपावर प्रा.लि.का रविन मेघाले मगर ,सुपर्भ साेलुसन प्रा.लि.का प्रेमबहादुर बानिया र जब वर्ल्ड इन्टरनेशनल प्रा.लि.का जगत गुरूङलाई कार्यसमिति सदस्यमा मनाेनयन गरेका हुन् ।

नेपाली कांग्रेसकाे शुभेच्छुक संस्थाकाे हैसियतमा रहेको एशाेसिएसनकाे गत जेठ ५ गते सम्पन्न निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हाे ।

एशोसिएसनमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र १० सदस्य गरी १९ जनाको निर्वाचन हुने र  ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ । सदस्य मनाेनयनसँगै एशाेसिएसन कार्यसमितिले पूर्णता पाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise