२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रस्तावित राजदूतको टिप्पणी- ‘नेपाली नेताहरूले नै गुहार्छन् भारतीय हस्तक्षेप’

ADV
भावना पाठक
२०८१ भदौ १७ गते ०६:३५
प्रस्तावित राजदूतको टिप्पणी- ‘नेपाली नेताहरूले नै गुहार्छन् भारतीय हस्तक्षेप’

काठमाडौं : नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रहेको भनेर नेपालमा आलोचना हुने गर्छ । तर, यस्तो अवस्थाको माग नेपालका राजनीतिक दलहरूबाटै हुने गरेको टिप्पणी भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्माले गरेका छन् । 

शर्मा भारतका लागि निवर्तमान राजदूत हुन् । शर्मालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले गत जेठ २४ गते फिर्ता बोलाएको थियो । 

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोजे । प्रचण्डले असार २८ गते विश्वासको मत पाउन नसकेपछि केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बन्यो ।

नयाँ सरकार बनेपछि गत असार १४ गते मन्त्रिपरिषदको बैठकले फेरि शर्मालाई भारतको लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । 

शर्माको आइतबार संसदीय सुनुवाइ भएको छ । संसदीय सुनुवाइका क्रममा भारतका लागि प्रस्तावित नेपाली राजदूत शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

शर्माले सुनुवाइ समितिमा दुई पेजको कार्ययोजना पेश गरेका थिए । आफ्नो कार्ययोजनाको ब्याख्या गर्ने क्रममा उनले नेपाल र भारतको बीचमा रहेका सम्बन्धहरुको ब्याख्या गरे । नेपालको आन्तरिक मामिलामा नेपालका राजनीतिक दलका नेताहरू नै जिम्मेवार रहेको बताए । 

सुनुवाइका क्रममा शर्माले आफूले हालसालै भारतका विदेशमन्त्री एस जयशंकरको अन्तरवार्ता हेरेको उनले सुनाए । 

पूर्ववर्ती सरकारले भारतका लागि नेपाली राजदूतबाट फिर्ता बोलाएता पनि वर्तमान सरकारले राजदूतमा सिफारिस गरेकाले इन्डियन न्युज पेपर र युट्युब हेरिरहेको उल्लेख गरे। 

‘अस्ती नेभरिंग कन्ट्रीहरु (छिमेकी देशहरू)को विषयमा भारतीय विदेशमन्त्री जयशंकरसँग इन्टरभ्यु आइराथ्यो र उहाँले भन्नुभाथ्यो – छिमेकीहरुसँग सप्पैसँग हाम्रो सम्बन्ध केही न केही कम्प्लेक्सिटी छ’ शर्माले सुनाए । 

प्रस्तावित राजदूत शर्माले थपका छन्, ‘उहाँ (जयशंकर) ले त्यो इन्टरभ्यूमा भन्नुभएको छ– कम्पेलेक्सिटी हुन्छ नेभरिंग कन्ट्रीमा । कुन देशमा, कुन एरियामा कम्प्लेक्सिटी  छैन ?’

शर्माका अनुसार जयशंकरले भनेका छन्, ‘हामीलाई इन्टरफेयर ग¥यो भन्छन् नेभरिंग कन्ट्रीमा । तर, कति त त्यहाँको डिमान्ड पनि त हुनसक्ला !’

भारतीय विदेशमन्त्री जयशंकरले डिप्लोम्याटिकली भनेको यो जवाफलाई बुझ्न सक्नुपर्ने भन्दै शर्माले थपेका छन्, ‘त्यहाँ (छिमेकी देश)को पोलिटिसियनहरुले त्यस्तो डिमान्ड (आन्तरिक हस्तक्षेप माग) पनि गरेका हुन् कि भनेजस्तो संकेत चाहिँ उहाँ (जयशंकर) ले दिनभाछ ।’

नेपाल र भारतको सम्बन्धबारेको प्रश्नमा भारतीय विदेशमन्त्री जयशंकरको भनाइ उद्धृत गर्दै प्रस्तावित राजदूतले आन्तरिक हस्तक्षेपको विषय कोट्याएका हुन् । 

भारतका लागि प्रस्तावित राजदूत शर्माले आफ्नो सिफारिसमा निर्देशिका उल्लंघन नभएको जिकिर पनि गरेका छन् ।

शर्माको सिफारिसमा राजदूत सिफारिस निर्देशिका उल्लंघन भएको भन्दै उजुरी परेको छ । सुनुवाइका क्रममा शर्माले यो आफूले भन्दा सरकारले जवाफ दिने विषय भएको बताए । 

तथापि, सार्वजनिक रुपमा पनि प्रश्न उठेको भन्दै निर्देशिका उल्लंघन नभएको जिकिर गरेका हुन् । 

उनका अनुसार निर्देशिकाको दफा ८ मा राजदूतको पदावधि चार वर्ष तोकिएको छ भने दफा २१ मा अर्को पदावधिको निरन्तरता हुने गरी पुनः नियुक्त गरिने छैन भनेको छ ।

‘पदावधिको निरन्तरता पनि होइन, बहाल रहेको पदको निरन्तरता पनि होइन । त्यसकारण दुबै (मेरो हकमा) असान्दर्भिक हो कि भन्ने मलाई लाग्छ’ प्रस्तावित राजदूत शर्माले भनेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise