२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सिमलपानीमा नुहाउन गएका दुई जनाको मृत्यु

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १८ गते २०:२६
सिमलपानीमा नुहाउन गएका दुई जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानी छहरा झरनामा नुहाउन गएका दुई जनाको मृत्यु भएको छ ।

कपिलबस्तु वाणगंगा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए ।

अन्य दुई जना भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् । सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise