२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आधुनिक कृषितर्फ जुम्लाका महिला

ADV
दिलमाया शाही
२०८१ भदौ १८ गते २१:०१
आधुनिक कृषितर्फ जुम्लाका महिला

जुम्ला : जुम्लाका महिला यति बेला कृषि उत्पादनलाई बढवा दिन थालेका छन् । यसअघि परम्परागत रुपमा खेती गर्दै आएका महिलाहरु किर्डाक नेपाल जुम्लाको सहयोगमा आधुनिक खेती गर्नेतर्फ आकर्षित भएका हुन् । घरायसी खाँचो पनि टर्ने तथा आफू आत्मनिर्भर पनि हुने भएकाले जुम्लाका केही महिलाहरु सामूहिक तरकारी तथा फलफुल खेतीमा लागेका छन् । 

त्यस्तै गुठीचौर गाउँपालिका ४ वडाका धौलपुरा गाउँका र थान वडा गाउँका महिला सामुहिक खेती र सिमि र स्याउ खेतीमा लागेका छन् । गुठीचौर गाउँपालिका ४ लालिगुराँस सिमि उत्पादन समुहकी सचिव विपना नेपालीका अनुसार किर्डाक नेपालले टमाटर खेतीमा जलवायुमैत्री कृषि खेती सम्बन्धी तालिम र बेमौसमी तरकारी खेतीका लागि टनेल हो  । उनका अनुसार यसअघि आफ्नै तरिकाले खेती गर्दै आउँदा उत्पादन कम हुने गरेको थियो । 

‘अहिले किडार्क नेपाल तालिम दिएपछि हामीले आफ्नो बारिमा पनी आधुनिक तरिकाले खती गर्ने गरेका छौँ’ नेपालीले भनिन्,‘यसले गर्दा हामीलाई आर्थिक उत्पादनमा टेवा पुगेको छ ।’ त्यस्तै सोही वडाकै  धौलपुरा स्याउ उत्पादन समुहकी सदस्य जयलक्ष्मी अधिकारीले किर्डाकले स्याउका चाना काटने मेसिन र तालिम दिइएको बताइन् । 

उनका अनुसार उक्त मेसिनले स्याउको परिकार बनाउन सहयोग पुगेको छ । यसले गर्दा स्याउ बिक्री नभएपनि स्याउका चाना, जाम, जेली र जुस बनाउने गरेको बताइन् ।  

त्यस्तै चन्दननाथ ४ मालाभिडका महिला आलु उत्पादन खेतीमा लागेका छन् । त्यहाँका केही महिलाहरुले कालिका आलु उत्पादन समूह किर्डाक नेपालको सहयोगमा आलु उत्पादनमा लागेका छन् । तर त्यो समूहले सिँचाइको अभावले गर्दा आलु सोचे जस्तो उत्पादन गर्न नसेको गोमा देवकोटाले बताइन् । उनका अनुसार खानेपानी समेत प्रयाप्त नहुँदा महिला व्यावसायिक आलु उत्पादनबाट आत्मनिर्भर बन्न नसेकेका हुन् । उनीहरुको समुहले अनुगमनका गएका समन्वय प्रमुख गौरी नन्द आचार्य लगायतको टिमलाई सिँचाइको व्यवस्थापन गरिदिन हुन अनुरोध गरेका छन् । 

त्यस्तै किर्डाक नेपालका फिल्ड संयोजक सरु महतका अनुसार जुम्लामा आलु, स्याउ, सिमी, टमाटर लगायतका मौसमी तथा बेमौसमि खेती प्रशस्त हुने भएकाले महिलालाई आत्म निर्भर बनाउन यसतर्फ आकर्षित गरिएको हो । उनले भनिन्,‘सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । हामीले सिंगल रुपमा सीप सिकाउन गाह्रो हुन्छ ।’

महिलाहरुलाई समूह गत रुपमा सीप सिकाउन सजिलो हुने भएका समूह बनाइएको हो । उनीहरुलाई आवश्यक पर्ने हाते ट्याक्टर, स्याउको चाना काट्ने मेसिन, जौं गुहुँ लगायतका बालिहरु चुट्ने मेसिन सहयोग गरिएको छ । 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले किडार्कले दिएको सीपहरु  जीवनस्तरसँग  जोडेर आम्दानीको रुपमा लिन अनुरोध गरेका छन् । उनले  समुहमा आवद्ध भएका महिलालालाई कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आम नागरिकमा पु¥याउन अनुरोध गरे । 

त्यस्तै वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपालले जुम्लाका सञ्चालन गरेको सामुदायिक सहभागिता तथा वालस्पोन्सरसिप परियोजना, एकीकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाहरु प्रभावकारी भए नभएको विषयमा सरोकारवालाहरुले संयुक्त रुपमा तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातारासी गाउँपालिकामा अनुगमन गरेका छन् ।  

त्यस्तै यस आर्थिक वर्षको लागि बाल स्पोन्सरसीप जुम्ला कार्यक्रमतर्फ एक करोड ५२ लाख २४ हजार बजेट रहेको छ,भने सो परियोजनाको सिंजा कार्यक्रमतर्फ ७० लाख १२ हजार बजेट रहेको छ ।त् यस्तै एकीकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत्त जुम्लाको लागि एक करोड ३१ लाख १३ हजार र  सिंजातर्फको एक करोड ४९ लाख २२ हजार बजेट रहेको वल्र्डभिजन इन्टरनेश्नल नेपालका जिल्ला संयोजक  भेष बहादुर रावलले बताए । उनका अनुसार तिलाको १,२,६,७,८,९ मा भएको सिंजा एपि, कार्यक्रम लागु भएको छ भने तिला ३,४,५ तातोपानी, चन्दननाथ, गुठिचौर र पतारासी जुम्ला एपि कार्यक्रम लागु भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise