२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

‘निजामती सेवा दिवस –२०८१’ अर्घाखाँचीमा भव्यरुपमा मनाइँदै

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ १८ गते २१:५४
Shares
‘निजामती सेवा दिवस –२०८१’ अर्घाखाँचीमा भव्यरुपमा मनाइँदै

अर्घाखाँची : कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले ‘निजामती सेवा दिवस–२०८१’का अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । 

ncell

कर्मचारी मिलन केन्द्रको आयोजनामा मंगलबार राष्ट्रसेवक कर्मचारीहरुबीच  खुल्ला एकल व्याड्मिन्टन प्रतियोगिता उद्घाटन गरी कार्यक्रम शुरुवात गरिएको  कर्मचारी मिलन केन्द्रका अध्यक्ष सन्तोष खनालले जानकारी दिए । मिलन केन्द्रको आयोजनामा  मंगलबारदेखि भदौ २२ गतेसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको छ ।

निजामती कर्मचारी दिवसको अवसरमा  सन्धिखर्कमा सरसफाइ, दिप प्रज्वलन, ब्याड्मिन्टन प्रतियोगिता, राष्ट्र सेवक जोडि खुल्ला एकल व्याड्मिन्टन प्रतियोगिता,  १००० मिटर दौड कार्यालय प्रमुख अधिकृत स्तर कर्मचारी (सुरक्षा निकाय बाहेक)  २००० मिटर दौड,  रा.प्र.अन.श्रेणी विहीन राष्ट्रसेवक कर्मचारी (सुरक्षा निकाय बाहेक) दौड २००० मिटर राष्ट्रसेवक महिला कर्मचारीको लागि (सुरक्षा निकाय बाहेक)चम्चा दौड, राष्ट्रसेवक महिला कर्मचारी, त्यसैगरी फुटबल प्रतियोगिता राष्ट्रसेवक कर्मचारी २ समूह जनप्रतिनिधिको एक समूहको खेल सम्पन्न गर्ने मिलन केन्द्र अर्घाखाँचीले जनाएको छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा सन्धिखर्क नगरपालिकाका नगप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश शिवलाल पाण्डे, निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, जिल्ला समन्वय अधिकारी ऋषिराम भुसाल, पूर्वाधार सडक कार्यालयका प्रमुख गोपिराम पुन लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रम मिलन केन्द्रका अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गणेशराज पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए । 

सम्बन्धित खबर